चितवनकी शालिनको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट | Khabarhub Khabarhub

चितवनकी शालिनको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


50.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ । पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पतालमा गरिएको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने शालिन मृत फेला परेकी थिइन् । बालिका होस्टलको कोठामा रहेको सिलिङ पङ्खामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् । आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

शालिन रत्ननगर-१० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन् । उनी १० वर्षदेखि मावली घरमा हजुरआमासँग बस्दै आएकी थिइन् ।

बुवा-आमाले डिभोर्स गरेपछि उनी एक्लिएकी थिइन् । उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमतीसाथ बस्दै आएका छन् । आमा भने पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमा बस्दै आएकी छिन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ५७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले