बैंकहरु सुरक्षित छन् : गभर्नर अधिकारी « Khabarhub

बैंकहरु सुरक्षित छन् : गभर्नर अधिकारी


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरु सुरक्षित रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गभर्नर अधिकारीले बैंकहरुलाई राष्ट्र बैंकले मनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरु सुरक्षित रहेको बताएका हुन् ।

उनले नेपालका बैंकहरुको अवस्थालाई हेरेर नै विदेशी बैंकहरुले नेपाललाई विश्वास गरिरहेको धारणा राखे । गभर्नर अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्लाहरु बजारमा चलाइएकाले ऋण असुलीमा केहि समस्या देखिएको जिकिर गरे ।

अराजक गतिविधिले बैंकिङ क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै उहाले अराजकतालाई रोक्न नसके सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था नरहने बताए । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउन धाराप्रवाह रुपमा आक्रमण भइरहेको भन्दै यसलाइ राज्यले नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

गभर्नर अधिकारीले अहिले बैंकसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको र खराब कर्जा ३ दशमल ४० प्रतिशत पुगेको जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : २४ बजे

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ