संसद बैठक त्याग्नसक्ने प्रधानमन्त्रीको महायज्ञ र महोत्सव उद्घाटन गर्ने जाँगर « Khabarhub

संसद बैठक त्याग्नसक्ने प्रधानमन्त्रीको महायज्ञ र महोत्सव उद्घाटन गर्ने जाँगर



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते संघीय संसद प्रतिनिधिसभामा सांसदले राखेका प्रश्नको जवाफ दिए । पहिला नै तय भएका उत्तर र प्रश्नको एउटा श्रृङ्खलाले संसदको गरिमा बचाएको उद्घोष गरेका प्रधानमन्त्री दाहालले त्यसयता संसदप्रति अनुदार व्यवहार प्रदर्शन गरे ।

सोही दिन संसदको शून्य समयमा उठेका प्रश्नलाई सम्बोधन नगरिकनै संसदबाट बाहिरिएका प्रधानमन्त्री दाहाल त्यसयता संसदमा देखिएका छैनन् । जहाँ कि केही मन्त्रीको काम कारबाहीलाई लिएर प्रतिपक्षी दलहरुले प्रश्न उठाएपछि सभामुखले सरकारलाई जवाफका लागि पटक–पटक रुलिङ गरेका थिए ।

प्रधानमन्त्री दाहाल पटक–पटक संसदीय व्यवस्थाको वकालत गर्दै आएका हुन्छन् । तेस्रो पटक देशको बागडोर सम्हालेका प्रधानमन्त्री दाहालले यो कार्यकाललाई शासकीय व्यवस्थाको उत्कृष्ट अभ्यासको रुपमा प्रयोग गर्ने सङ्कल्प पनि गरेका छन् ।

प्रधानमन्त्री बनेको एक वर्ष पुगेको उपलक्ष्यमा सम्बोधन गर्दै दाहालले आफ्नो कामलाई चुस्तता दिन मन्त्रिपरिषद पुनर्गठन र काम गर्ने प्रवृत्तिमा परिवर्तनको घोषणा पनि गरे । काम गर्न नसक्ने अवस्थामा प्रधानमन्त्रीको पद ओगटेर मात्र नबस्ने बताएका दाहालले नतिजामूलक काम गर्न आफैँबाट सुरु गर्ने घोषणा मात्र गरेनन्, अनावश्यक कार्यक्रममा सहभागी नहुने बताए । बोल्ने तर काम गर्ने आरोप खेप्दै आएका प्रधानमन्त्री दाहालले यसपटक पनि यो आरोपलाई सहयोग पुग्ने गरी काम गर्दै आएका छन् ।

घोषणाको भोलिपल्टै गोरखा पुगेका प्रधानमन्त्री दाहाल पछिल्लो २० दिनमा मात्र ४० बढी कार्यक्रममा सहभागी भएका छन् । दाहाल धार्मिक महायज्ञदेखि स्कुलको वार्षिकोत्सव र मेला महोत्सवको उद्घाटनमा निकै व्यस्त देखिन्छन् । जब कि प्रधानमन्त्री दाहाललाई संसदमा सांसदले उठाएका प्रश्नले छोएको छैन ।

आम जनताको प्रतिनित्व गर्ने सांसदले उठाएका प्रश्नमा प्रधानमन्त्री जवाफदेही हुनुपर्नेमा त्यसो नभएको बताउँछन्, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति राजकिशोर यादव । उनी भन्छन, ‘संसदप्रति मन्त्रिपरिषदका हरेक सदस्य जवाफदेही हुनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । अझ आफूलाई निर्वाचित गर्ने संसद र सांसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्नेमा त्यो हुन सकिरहेको छैन ।’

पछिल्लो २० दिनमा प्रधानमन्त्रीको दौडधुप

प्रधानमन्त्री दाहाल फागुन २० गते काठमाडौंमा आयोजित ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनमा पुगे । त्यसको अघिल्लो दिन प्रधानमन्त्रीले काठमाडौंबाहिरका चार कार्यक्रम भ्याएका थिए ।

१९ गते बिहान बाग्लुङको एक धार्मिक कार्यक्रममा पुगेका प्रधानमन्त्री दाहाल त्यसपछि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्न देउखुरी, दाङ पुगे । सोही दिन उनले दाङमा अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेर कपिलवस्तुमा लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा सहभागिता जनाए ।

फागुन १८ गते पनि प्रधानमन्त्री दाहालले चितवनका विभिन्न कार्यक्रम उद्घाटनदेखि सम्बोधन गर्न भ्याए । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि चितवन पुगेका प्रधानमन्त्रीले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरे । जहाँ सोही दिन संसदमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ नदिएको भन्दै प्रतिपक्षी दलले विरोध जनाएको थियो ।

फागुन १२ गते प्रधानमन्त्री दाहाल धनुषाको सबैला नगरपालिका वडा नं ४ पटर्वा र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुलको शिलान्यास गर्न पुगेका थिए । सोही दिन उनले बागमती नगरपालिकासर्लाहीको वृहत्त शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्न भ्याए । उनले फागुन १२ गते नै धनुषाको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गरे ।

फागुन ११ गते प्रधानमन्त्री दाहालले काठमाडौंमा आयोजित तेइसौं मजदुर बलिदान दिवसलाई सम्बोधन गरे । फागुन ८ गते शान्ति प्रयासको एक समारोहमा पुगेका दाहाल फागुन ७ गते समाजवादी शैक्षिक मञ्च नेपालद्वारा आयोजित कार्यशालामा सरिक भए । सोही दिन प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।

फागुन ५ गते राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको कार्यक्रमको लागि धादिङ पुगेका प्रधानमन्त्री दाहाल फागुन ३ र ४ गते विभिन्न विकासे संस्थाका कार्यक्रममा सहभागी हुन धुलिखेल पुगेका थिए । फागुन १ गते जनयुद्धको २९ औं वार्षिकोत्सवको कार्यक्रममा सहभागि प्रधानमन्त्री दाहाल त्यसअघि पछि पनि धेरै कार्यक्रममा सरिक भएका छन् ।

यो पनि…

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ७ : ११ बजे

एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न

काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको

स्वास्थ्य समता शुल्क कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति, तत्काल खारेज गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३ ८४ को

एक घण्टा ढिला गरी बसेको राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित 

काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

बुनिया– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर– स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका