परराष्ट्रमन्त्री साउद फिनल्याण्ड जाने | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री साउद फिनल्याण्ड जाने


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद फिनल्याण्ड जाने भएका छन् । उनी यही फागुन २२ देखि २३ गतेसम्म फिनल्याण्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् ।

संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम’ मा सहभागी हुन उनी आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका छन् ।

परराष्ट्रमन्त्रीले अल्पविकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय समूहको अध्यक्षका रूपमा फागुन २२ गते मञ्चको प्रारम्भिक सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै उनले ‘संरचनागत रूपान्तरण तथा नवप्रवर्तनका लागि रणनीतिक तीव्रता’ विषयक मन्त्रीस्तरीय संवादमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अल्पविकसित देशहरूको दिगो विकासका निम्ति प्रविधि, ‘डिजिटाइजेसन’ एवं नवप्रवर्तनका माध्यमबाट संरचनागत रूपान्तरणमा सघाउन अल्पविकसित राष्ट्र तथा भूपरिवेष्ठित एवं साना टापु राष्ट्रका लागि राष्ट्रसंघीय प्रतिनिधिको कार्यालय र फिनल्याण्ड सरकारले संयुक्त रूपमा उक्त बैठकको आयोजना गरेका हुन् ।

परराष्ट्रमन्त्रीले फिन्निस समकक्षी एलिना भोल्टोनेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ७ : ४४ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले