सत्ता गठबन्धनको बैठक आह्वान « Khabarhub

सत्ता गठबन्धनको बैठक आह्वान


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । बैठक सोमबार बिहान ८ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । गठबन्धनमा खटपट आएको चर्चा चलिरहेका बेला बैठक बोलाइएको हो ।

बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक लगायतको विषयमा छलफल हुने छ ।

बिहान आठ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी बीच बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ । चारदलको बैठक पछि गठबन्धनका अन्य दललाई सहभागी गराइने छ ।

कांग्रेस महासमिति बैठकमा सत्ता गठबन्धनप्रति कांग्रेस नेताहरुले व्यक्त गरेको धारणाका कारण माओवादी असन्तुष्ट छ । टिआरसी विधेयकमा कांग्रेसले असहयोग गरेको माओवादी नेताहरुले बताउन थालेका छन् ।

टिआरसी विधेयक लगायतका विषयमा कांग्रेसले सरकारलाई साथ नदिएको माओवादीका एक पदाधिकारीले बताए । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुन सक्ने ती पदाधिकारीले संकेत गरे ।

गठबन्धनमा खटपट आएको चर्चाकै बीच आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादूर देउवाबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा कांग्रेस महासमिति बैठकमा सत्ता गठबन्धनबारे उठेका विषयका बारेमा समेत छलफल गरिएको बताइएको छ ।

त्यस्तै प्रचण्डले आइतबार बिहान र साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् । भेटवार्तामा टिआरसी विधेयक लगायतको विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय बढेको राजनीतिक गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

याे पनि…

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

मन्त्रिपरिषद् हेरफेर : मन मिलेन कि साइत जुरेन ?

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ९ : ५६ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर