‘मिसन–८४’ लाई केन्द्रित गरी काम गर्न पौडेलको निर्देशन « Khabarhub

‘मिसन–८४’ लाई केन्द्रित गरी काम गर्न पौडेलको निर्देशन


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाल कम्प्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले ‘मिसन–८४’ लाई ध्यानमा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकतालाई निर्देशन दिएका छन् ।

आज मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रहेको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनेमा विश्वास व्यक्त गरे ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसको विकास र समृद्धिका लागि काम गरेको समेत स्मरण गरे ।

उनले पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा नागरिकले एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास देखाएको भन्दै त्यसलाई महत्वपूर्ण पुँजीको रूपमा ग्रहण गर्दै पार्टी अघि बढेको उल्लेख गरे । देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले नेतृत्व आवश्यक भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ४० बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले