डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनुपर्छ : मन्त्री बस्नेत « Khabarhub

डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनुपर्छ : मन्त्री बस्नेत


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइ, सस्तो र सरलरुपमा सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २६औँ वार्षिकोत्सवमा उनले भने, “विश्व ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को अवधारणामा आगाडि बढिरहेको सन्दर्भमा हामीले डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनसक्नुपर्छ । दूरसञ्चार सेवालाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै सबै नागरिकले आधारभूत दूरसञ्चार सेवा सहजै प्राप्त गर्नसक्ने वातावरणतर्फ हामीले ढिला गर्न हुँदैन ।”

उनले ग्रामीण भेगमा सहज ढङ्गले सेवा प्राप्त गर्ने परिस्थिति निर्माण गर्दै भरपर्दो र विश्वसनीय बनाउन आवश्यक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै दूरसञ्चार प्राधिकरणलाई बधाई दिए । “प्रविधिको नवीनता र गतिशीलताले गर्दा प्रविधिको दयारा बढेकाले नियमन चुनौती पूर्ण छ”, उनले भने, “त्यसैले क्षमता र गुणस्तरीयतामा विशेष ध्यान पुर्‍याउनुको विकल्प छैन ।”

उनले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई दूरसञ्चार क्षेत्रको विकासमा उपयोग गर्न सक्नुपर्ने भनाइ राखे ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : ३० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले