गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै « Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् ।

विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् ।

गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दीपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन ।

राप्रपाले सत्ताको चक्करमा नलाग्ने बताइरहेका बेला उसले समर्थन नगरेको अवस्थामा दुवैतर्फ बहुमत पुग्ने अवस्था देखिँदैन ।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ३६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका