आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिज : नेपाल ‘ए’लाई दोस्रो सफलता « Khabarhub

आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिज : नेपाल ‘ए’लाई दोस्रो सफलता


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को एक दिवसीय सिरिजको पहिलो खेलको ८ ओभरको चौथो बल खेल्दा नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस हारेर फिल्डिङ गरेको हो। टस जितेर ब्याटिङ गरिरहेको आयरल्यान्डले १० ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ३६ रन बनाएको छ। १० औ ओभर रिजन ढकालले मेडन राखेका हुन्।

नेपालका लागि पहिलो विकेट ५ ओभर १ बलमा रिजन ढकालले लिए। उनले जेम्स म्याकोलमलाई १२ रनमा आउट गरेका हुन्। १५ बल खेलेका उनले तीन चौका प्रहार गरेका थिए।

त्यसैगरी नेपालका लागि दोस्रो विकेट शाहब आलमले लिए। उनले आयरल्यान्डका स्टीफन डोहेनीलाई ८ ओभरको चौथो बलमा एलबीडब्लुमा पारेका हुन्।

घरेलु मैदानको टी–२० सिरिज २–१ ले गुमाएको नेपालले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिममा एक दिवसीय खेलका लागि आरिफ शेख र भीम सार्कीसमेत प्लेइङ ११ मा रहेका छन्।

एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।


नेपाल ए टिम

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्