आयरल्यान्डविरुद्ध नेपाल ‘ए’लाई तेस्रो सफलता « Khabarhub

आयरल्यान्डविरुद्ध नेपाल ‘ए’लाई तेस्रो सफलता


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को एक दिवसीय सिरिजको पहिलो खेलको १८ औं ओभरमा नेपालले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस हारेर फिल्डिङ गरेको हो। टस जितेर ब्याटिङ गरिरहेको आयरल्यान्डले १९ औं ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ६५ रन बनाएको छ।

नेपालका लागि पहिलो विकेट ५ ओभर १ बलमा रिजन ढकालले लिए। उनले जेम्स म्याकोलमलाई १२ रनमा आउट गरेका हुन्। १५ बल खेलेका उनले तीन चौका प्रहार गरेका थिए।

त्यसैगरी नेपालका लागि दोस्रो विकेट शाहब आलमले लिए। उनले आयरल्यान्डका स्टीफन डोहेनीलाई ८ ओभरको चौथो बलमा एलबीडब्लुमा पारेका हुन्।
तेपालका लागि तेस्रो विकेट मौसम ढकालले १७ ओभर ४ बलमा उनले पिटर मुरलाई आउट गरेका हुन्। ३४ बल खेलेका मुरले २१ रन बनाएका थिए।

घरेलु मैदानको टी–२० सिरिज २–१ ले गुमाएको नेपालले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिममा एक दिवसीय खेलका लागि आरिफ शेख र भीम सार्कीसमेत प्लेइङ ११ मा रहेका छन्।

एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

नेपाल ए टिम

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ०१ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको