बारामा झण्डै तीन लाख मेट्रिक टन धान उत्पादन | Khabarhub Khabarhub

बारामा झण्डै तीन लाख मेट्रिक टन धान उत्पादन


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बारा– बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकामा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो ।

त्यसैगरी, भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो । सोह्र हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको थियो ।

अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल तीन हजार चार सय, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो । गत वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ०५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’