सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ? « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । गत सोमबार नयाँ रेकर्ड बनाएर हिजो केही घटेको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन १ लाख ३१ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर हालसम्मकै महँगो भएको छ । हिजो तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६१० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ०३ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली