बझाङ उपनिर्वाचन : स्वर्गीय पृथ्वीबहादुरका छोरा अभिषेकले पाउलान् टिकट ? « Khabarhub

बझाङ उपनिर्वाचन : स्वर्गीय पृथ्वीबहादुरका छोरा अभिषेकले पाउलान् टिकट ?


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

चैनपुर– आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा १ का लागि हुन लागेको उपनिर्वाचनका लागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवार छनोटमा टुङ्गो लगाउन सकेको छैन ।

उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते गर्नु पर्ने भए पनि नेपाली कांग्रेसले भने अहिले सम्म कसलाई उम्मेदवार बनाउने भन्नेमा नै अन्योल छ ।

गत असार ५ गते सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री रहेका पृथ्वीबहादुर सिंहको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागी नेपाली कांग्रेस बझाङबाट स्वर्गीय सिंहका छोरा अभिषेक बहादुर सिंह सहित १० जनाले उम्मेदवारी दिएसँगै उम्मेदवार चयन गर्ने विषय यति बेला चुनौतीपूर्ण बनेको छ ।

उम्मेदवार चयनका लागी चैत २० गते मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकले पनि बझाङ प्रदेश सभा १ का लागि उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्न सकेको छैन ।

बैठकमा स्वर्गीय सिंहका छोरा अभिषेक बहादुर सिंहको चर्चा भए पनि उम्मेदवारको टुङ्गो भने लागेको छैन ।

नेकपा एमाले र माओवादीले उम्मेदवार छनोट गरेर प्रचार प्रसारमा जुटिसक्दा पनि नेपाली कांग्रेसले भने आज मात्रै उम्मेदवार छान्ने जनाइएको छ ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागी नेकपा एमालेले स्वर्गीय सुवासचन्द्र नेवाङका छोरा तथा युवा नेता सुहाङ नेवाङलाई उम्मेदवार बनाएर न्याय दिए जस्तै बझाङमा पनि नेपाली कांग्रेसले स्वर्गीय पृथ्वी बहादुर सिंहका छोरा तथा कांग्रेसका युवा नेता अभिषेक बहादुर सिंहलाई उम्मेदवार बनाएर उपनिर्वाचनमा आम नागरिकले मिलेर जिताउनुपर्नेमा बझाङवासीले जोड दिएका छन् ।

बझाङ कांग्रेसमा उपनिर्वाचनका लागी आकाङ्क्षी जति नै भए पनि सबै उम्मेदवारहरू मिलेर अभिषेक बहादुर सिंहलाई जिताए मात्र क्षेत्र नम्बर १ (क) लाई न्याय मिल्ने उनीहरूको भनाई छ ।

सिंहलाई आमा बुवासँगै गुमाउँदाको पिडा एकातिर छ भने उनका बुवाले बझाङ विकासका लागी देखेका सपना पुरा गर्ने हुटहुटी र जिम्मेवारी अर्कातिर रहेको छ ।

सिंहले स्व.बुवा पृथ्वी बहादुर सिंहको योगदानलाई आत्मसात गर्दै जनताको सेवाको लागि काम गर्ने बताउँदै आएका छन् ।

‘बुवाले आफ्नो जीवनभर बझाङ जिल्ला वासीको सेवामा लाग्नुभयो, उहाँले धेरै सपनाहरू देख्नु भएको थियो, जिल्लाको शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकासका लागि उहाँले धेरै योजनाहरू बनाउनु भएको थियो, अब ती योजनाहरू मैले पुरा गर्छु, बुवाको सपना मैले साकार गर्छु,’ उनले भने ।

को हुन् अभिषेक बहादुर सिंह ?

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री स्वर्गीय पृथ्वी बहादुर सिंहका छोरा तथा नेपाली काँग्रेसका युवा नेता हुन् अभिषेक बहादुर सिंह ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका अभिषेक बहादुर सिंह २०५५ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर चितवनमा सहभागी भएका थिए ।

२०७२ सालमा नेपाल तरूणदल बझाङ क्षेत्र नं १ (क) क्षेत्रीय सभापति रहेका सिंह नेपाली काँग्रेसको १४औं महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा म्यानअफ द ईलेक्सन भएर विजयी भएका थिए ।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका सिंहले बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : १२ बजे

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण