बिस्केटजात्रा आगामी मंगलबारदेखि   « Khabarhub

बिस्केटजात्रा आगामी मंगलबारदेखि  


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । 

नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन छ । जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको जनाइएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको र भैरवको रथको आजबाट छाना राख्ने काम सुरु भएको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिए।

उनले आजैबाट भद्रकालीको रथ निर्माण पनि सुरु भएको जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणका क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुरा मर्मत गर्ने, चुकुल फेर्ने, बुट्टा बनाउने कार्य भइरहेको बताए। 

आगामी चैत २६ गतेसम्म रथमा रङ्गरोगन एवं सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने उनले जानकारी दिए । 

यसवर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्याला, रथ मर्मतलगायत जात्रा सम्पन्न गर्न सरकारले रु ४० लाखको बजेट विनियोजन गरेपनि जात्रामा भएको खर्चअनुसार मात्रै निकासा हुने बताए । 

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जंगलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : १९ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ