नतिजा आउने गरी कार्यसम्पादन गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

नतिजा आउने गरी कार्यसम्पादन गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा नतिजा मूलुक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । 

मंगलबार राति अबेर नवनियुक्त स्वास्थ्यमन्त्रीका रुपमा पद बहाली गर्दै श्रेष्ठले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य सुधारका लागि लिएका सकारात्मक पहल र कार्यहरूको कार्यन्वयन तीव्रताका साथ गर्दै जानुपर्नेमा जोड दिए ।  

स्वास्थ्य क्षेत्रको विस्तृत कार्यक्षेत्रलाई विचार गर्दै आगामी वर्षको बजेट सिलिङ नै स्वास्थ्य मन्त्रालयका लागि वृद्धि गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध हुँदै उनले आज विभिन्न निर्णय सार्वजनिक गरेका छन् । 

सार्वजनिक गरिएका निर्णयमा आत्महत्या न्यूनीकरणका लागि संयन्त्र निर्माण कार्यक्रम सम्बन्धमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरणसम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने, बागमती प्रदेशमा रहेका १३ वटै प्रदेशिक अस्पताल र आयुर्वेद चिकित्सालयमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने, स्थानीय तहको साझेदारीमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ र निदान एवं मनोसामाजिक परामर्शलाई सुदृढीकरण गर्ने, प्रदेश स्वास्थ्य नीतिको मस्यौदाको स्वीकृत गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपूर्व आर्थिक मामिला तथा योजना मन्त्रालयको रायका लागि पठाउने निर्णय भएको जनाइएको छ ।

पदभार ग्रहण कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा नवनियुक्त स्वास्थ्यमन्त्रीलाई मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिन, स्वास्थ्य निर्देशनालयका निर्देशक दीपकप्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक श्री वसन्त अधिकारी एवं स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीबाट स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : ३८ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो