कञ्चनपुर र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

कञ्चनपुर र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कञ्चनपुर र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।  कञ्चनपुरकाे भिमदत्त नगरपालिका-४ स्थित न्यु शिवशक्ति होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ सय ४४ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बझाङ केदारस्यु गाउँपालिका-६ बस्ने २४ वर्षीय गोविन्द बहादुर धामी र रूकुम सानोभेरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङकाे  विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २३ मिलिग्रामसहित भारत अररिया ठगपुरा पञ्चायत बस्ने २६ वर्षीय मनोज ऋषिदेवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : २५ बजे

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं — एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सुदूरपश्चिम – वडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली

अफगानिस्तान र पाकिस्तानबीचको युद्धविराम अवधि समाप्त

काबुल – अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे लामो युद्धविराम शुक्रबार

देउवा बन्न नसकेका ओलीले जिद्दी गरेरै‌ टारे संकट

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ महाधिवेशन अगाडि