भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने « Khabarhub

भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

हनोई– औद्योगिक विकासमा तीब्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१-२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।

भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ । पछिल्ला वर्षहरूमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरूमा विद्युत माग तीब्र रुपमा बढेको छ । 

सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ । साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरूमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ । 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : ०३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज