बागमतीका नवनियुक्त चार मन्त्रीद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

बागमतीका नवनियुक्त चार मन्त्रीद्वारा पदभार ग्रहण


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीहरूले आज पदभार ग्रहण गरेका छन्  ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हिजो सपथ ग्रहण गरेका मन्त्रीहरू केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले आज सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

केशवप्रसाद पोखरेलले वन तथा वातारण मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गत फागुन २३ गते नेपाली कांग्रेसका तर्फबाटमन्त्री बनेका छन् जनाले सामूहिक राजीनामा दिएर सरकारबाट बाहिरिएपछि मौजुदा मन्त्रिपरिषद् अल्पमतमा परेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक लिएको विश्वासको मतमा ५६ मत पाएपछि उनी नेतृत्वको सरकारले निरन्तरता पाउने भएको हो । 

प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षका गरी एक सय १० जना प्रदेश सभाका सदस्यहरू रहेका छन् । मुख्यमन्त्री जम्मकट्टेलको सिफारिस बमोजिम बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को कार्य विभाजनसमेत तोकेका छन् ।

जस अन्तर्गत शालिकराम जम्मकट्टेल मुख्यमन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार तथा योजनामन्त्री, कुमारी मुक्तान सामाजिक विकासमन्त्री, गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री, जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्रीको जिम्मेवारी पाएका छन् ।

साथै लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री, केशवराज पोखरेल वन तथा वातावरणमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री, एकालाल श्रेष्ठ खोनपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, प्रकाश श्रेष्ठ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री, शैलेन्द्रराज बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री र रमा आले मगर बिना विभागीय मन्त्री रहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : १४ बजे

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम

जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन

काठमाडौं- सोमबार जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : नेता डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र बेथितिविरुद्ध

सेनाले लगाएको कर्फ्यु खुल्दा बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं- सेनाले लगाएको कर्फ्यु खुल्दा काठमाडौंका बजारमा चहलपहल देखिएको छ