चीनमा वर्षाका कारण सात जनाको मृत्यु « Khabarhub

चीनमा वर्षाका कारण सात जनाको मृत्यु


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

चीनआइतबारदेखि पूर्वी चीनको जियाङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे पानी बर्षा हुँदा मृत्यु हुनेहरूको सङ्ख्या सात पुगेको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।

जियाङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयको तथ्यांक अनुसार बुधबार सम्म प्रान्तीय राजधानी नानचाङसहित नौ शहरका ५४ काउन्टीहरू खराब मौसमबाट प्रभावित भएका थिए । वर्षाका कारण ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

खराब मौसमका कारण पाँच हजार ७०० हेक्टर क्षेत्रमा लगाएको बाली र १२ हजार घरमा आंशिक क्षति भएको छ ।  वर्षाले अन्य ८० हजार घरहरूमा सामान्य क्षति पुर्‍याएको छ । प्रकोपले गर्दा निम्त्याएको आर्थिक नोक्सानको प्रारम्भिक अनुमान १५ करोड युआन पुगेको छ । 

प्रान्तीय मुख्यालयले मङ्गलबारदेखि तीन चरणमा बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया सुरु गरी असहज मौसमको कारण नदीको बाढीको जोखिमबाट सचेत रहन प्रेरित गरेको छ ।

प्रान्तीय मौसम विभागले गम्भीर मौसम जारी रहँदा नागरिकलाई घरबाहिर नजान र भारी वर्षाको अवस्थामा प्रभावित क्षेत्रहरूबाट अन्यत्र जाँदा खोला नदीहरूमा सावधानी अपनाउन वा यात्रा नगर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ३९ बजे

रसुवागढी नाकास्थित ‘बेलिब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

रसुवा– नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिज तयारीको कामले तीव्रता

सुमनराज अर्याल बने मुख्यसचिव

काठमाडौं- सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। एकनारायण

सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आट, सोमापलले लिए विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको

चितवनमा थपिए २२ हजार मतदाता

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

प्रतिनिधिसभा निर्वाचनका लागि ६१ दल दर्ता

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका