शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित « Khabarhub

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको छ।

पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थान सात विकेटको क्षतिमा २०० रनमा समेटिएको हो।

१५ बलमा २७ रन बनाएर खेलिरहेका राजस्थानका रोभम्यान पावेललाई अन्तिम ओभरको अन्तिम बलमा हैदरावादका भुवनेश्वर कुमारले एलबिडब्लु धरापमा पारेपछि राजस्थान १ रनले पराजित भएको हो।

शीर्ष स्थानको राजस्थानमाथि सनसनीपूर्ण जित निकालेको हैदरावादका लागि ४१ रन खर्चिएर भुवनेश्वर कुमारले तीन विकेट हात पारे। यो जितसँगै हैदरावाद १२ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ। राजस्थान भने १६ अंकसहित शीर्ष स्थानमा कायमै छ।

ट्रेभिस हेड ।

टस जितेर सुरुमा ब्याटिङ गरेको हैदरावादका लागि ट्रेभिस हेड र नितिश कुमार रेड्डीले अर्धशतकीय इनिङ खेले। नितिशले नटआउट ४२ बलमा ७६ रन बनाउँदा हेडले ४४ बलमा ५८ रन जोडेका थिए। उसका लागि हेनरिक क्लासेन ४२ रनमा नटआउट रहे। अभिषेक शर्मा १२ रनमा आउट हुँदा अनमोलप्रीत सिंहले ५ रन जोडे। हैदरावादले मात्र तीन विकेटको क्षतिमा २०१ रन बनाएको थियो।

हैदरावादलाई सस्तैमा समेट्न राजस्थानले कसिलो बलिङ गरेको थियो। आवेश खानले दुई विकेट हात पार्दा सन्दीप शर्माले एक विकेट लिए।

हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले सुरुमा दुई विकेट शून्य रनमै गुमाएको थियो। जोस बटलर पहिलो बलमै आउट भएका थिए भने सञ्जु श्यामसन ३ बल खेलेर बिना रन पेभिलियन फर्किएका थिए।

यशस्वी जैसवाल ।

राजस्थानका लागि यशस्वी जैसवाल र रियान परागले सम्हालिएर प्रदर्शन गरे। दुवै ब्याट्सम्यानले अर्धशतकीय इनिङ खेले। जैसवालले ४० बलमा ६७ रन बनाए भने परागले ४९ बलमा ७७ रन जोडे। रोभम्यान पावेल २७, सिमरोन हेटमायरले १३ रन बनाउँदा रविचन्द्रन आश्विन २ रनमा नटआउट रहे।

राजस्थानमाथि महत्त्वपूर्ण जित निकाल्न हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट हात पारे भने प्याट कमिन्स र टि नटराजनले दुईदुई विकेट हात पारे।

आईपिएल अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र कलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ११ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र