शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित « Khabarhub

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको छ।

पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थान सात विकेटको क्षतिमा २०० रनमा समेटिएको हो।

१५ बलमा २७ रन बनाएर खेलिरहेका राजस्थानका रोभम्यान पावेललाई अन्तिम ओभरको अन्तिम बलमा हैदरावादका भुवनेश्वर कुमारले एलबिडब्लु धरापमा पारेपछि राजस्थान १ रनले पराजित भएको हो।

शीर्ष स्थानको राजस्थानमाथि सनसनीपूर्ण जित निकालेको हैदरावादका लागि ४१ रन खर्चिएर भुवनेश्वर कुमारले तीन विकेट हात पारे। यो जितसँगै हैदरावाद १२ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ। राजस्थान भने १६ अंकसहित शीर्ष स्थानमा कायमै छ।

ट्रेभिस हेड ।

टस जितेर सुरुमा ब्याटिङ गरेको हैदरावादका लागि ट्रेभिस हेड र नितिश कुमार रेड्डीले अर्धशतकीय इनिङ खेले। नितिशले नटआउट ४२ बलमा ७६ रन बनाउँदा हेडले ४४ बलमा ५८ रन जोडेका थिए। उसका लागि हेनरिक क्लासेन ४२ रनमा नटआउट रहे। अभिषेक शर्मा १२ रनमा आउट हुँदा अनमोलप्रीत सिंहले ५ रन जोडे। हैदरावादले मात्र तीन विकेटको क्षतिमा २०१ रन बनाएको थियो।

हैदरावादलाई सस्तैमा समेट्न राजस्थानले कसिलो बलिङ गरेको थियो। आवेश खानले दुई विकेट हात पार्दा सन्दीप शर्माले एक विकेट लिए।

हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले सुरुमा दुई विकेट शून्य रनमै गुमाएको थियो। जोस बटलर पहिलो बलमै आउट भएका थिए भने सञ्जु श्यामसन ३ बल खेलेर बिना रन पेभिलियन फर्किएका थिए।

यशस्वी जैसवाल ।

राजस्थानका लागि यशस्वी जैसवाल र रियान परागले सम्हालिएर प्रदर्शन गरे। दुवै ब्याट्सम्यानले अर्धशतकीय इनिङ खेले। जैसवालले ४० बलमा ६७ रन बनाए भने परागले ४९ बलमा ७७ रन जोडे। रोभम्यान पावेल २७, सिमरोन हेटमायरले १३ रन बनाउँदा रविचन्द्रन आश्विन २ रनमा नटआउट रहे।

राजस्थानमाथि महत्त्वपूर्ण जित निकाल्न हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट हात पारे भने प्याट कमिन्स र टि नटराजनले दुईदुई विकेट हात पारे।

आईपिएल अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र कलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ११ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा