प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन « Khabarhub

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् ।

यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ । महासङ्घको २७औँ अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो ।

प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरुको सहभागिता थियो ।

प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाललगायत सङ्घसङ्गठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १० : ५९ बजे

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन

हतियार र कलमको संयोजनमा खप्पीस स्रष्टा

काठमाडौं – टेकबहादुर तामाङ पूर्वएआईजी हुन् । ०५२ सालमा इन्सपेक्टर

कम्बोडिया–थाइल्यान्ड सीमा विवादमा सहमति जुट्यो

एजेन्सी – कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने

सिजीको ‘वर्ल्डकप योजना’ मा तेस्रो चरणका विजेता सार्वजनिक

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’ योजना अन्तर्गत

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ