मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार « Khabarhub

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार



सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे । धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्सबाट पत्रकारिता थालेका उनी अहिले आर्थिक संकटको चपेटामा छन् । आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा एकजना श्रमजीवी पत्रकारले भोगेको संघर्षमय जीवनको चर्चा सान्दर्भिक हुन सक्छ ।

मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने रकम अभावले सञ्चारकर्मी दियाली मनकारी दाताहरुको पर्खाइमा छन् । करिव अढाई दशकदेखि सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दियालीलाई चिकित्सकहरुले जेठको पहिलो सातासम्म मिर्गाैला प्रत्यारोपण गरिसक्न समय दिएका छन् ।

उनी हाल काठमाडौंस्थित वीर अस्पतालमा डाइलाइसिस गर्दै मिर्गाैला प्रत्यारोपणका लागि आवश्यक थप प्रक्रियामा जुटेका छन् ।

पछिल्लो समय ‘गणराज्य’ दैनिक (पछि साप्ताहिक) पत्रिका सञ्चालन गर्दै आएका ४७ बर्षीय दियालीले खबरहबलाई भने, ‘०६० सालदेखि मधुमेह र ०७० सालदेखि उच्च रक्तचापले आक्रमण गरेपछि ती रोगले मिर्गाैलामा असर गरेर दुबै मिर्गाैला फेल भएपछि प्रत्यारोपणको प्रकृयामा छु तर पर्याप्त रकम छैन ।’

पीवीका सहोदर दाजु तिलकबहादुर विश्वकर्माले मिर्गाैला दिने भएपछि साथीभाइसँग सहयोग मागेर ‘क्रस म्याच चेकिङ’ गर्दा वीर अस्पतालका नेफ्रोलोजिष्ट चिकित्सकहरुले सकारात्मक रिपोर्ट आएको जानकारी दिएको दियालीले बताए ।

चिकित्सकहरुले आशा जगाइदिए पनि आवश्यक रकम अभावले चिकित्सकले तोकेको समयमा मिर्गाैला प्रत्यारोपण नहुने हो कि भन्ने चिन्तामा छन् उनी ।

दियालीले भने, ‘मेरो शारीरिक स्वास्थ्य बिग्रेपछि भारतका विभिन्न अस्पतालसम्म धाउँदा इटहरीको १० धुर जग्गा र घरसमेत सकियो । कतिपयसँंग ऋण सापटी मागेर उपचारलाई निरन्तरता दिएँ । सहोदर दाइले एउटा मिर्गाैला दान गर्ने भनेपछि आशा पलाएको छ तर प्रत्यारोपण गर्दा लाग्ने खर्च जुटाउन सकिरहेको छैन ।’

अढाई दशक पत्रकारिता गरे पनि आर्थिक रुपमा आत्मनिर्भर हुन नसक्दा उपचार खर्चका लागि साथीभाइ गुहार्नुपरेको उनले दुखेसो सुनाए । दियालीका अनुसार मिर्गाैला प्रत्यारोपण गर्न चिकित्सकहरुले कम्तिमा २५ लाख देखि ३० रुपैयाँ लाग्ने बताएका छन् ।

उनले भने, ‘जायजेथा, घर घडेरी सबै उपचारमा सकियो । पत्रकारिता गरेर पैसा कमाउन सकिएन । प्रत्यारोपणपछि पनि मासिक १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँको नियमित औषधी सेवन गर्नुपर्छ भनेका छन् । त्यति रकम अब मैले कहाँबाट जुटाउने, चिन्तामा छु ।’

दियालीलाई केही आफन्त, साथीभाइ र दाताहरुले आफ्नो हैसियतअनुसार आर्थिक सहयोग भने दिइरहेका छन् । तर उक्त सहयोग पर्याप्त नभएको उनी बताउँछन् ।

मिर्गाैला प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाउन उनका साथीहरुले ‘पिवी दियाली बचाऊ अभियान’ सुरु गरेका छन् ।

उनले आफु जीवनको उर्बर समय सञ्चारकर्ममा लगाएकाले मिडियाकर्मी, नेपाल पत्रकार महासंघ र विभिन्न मनकारी दाताबाट सहयोगको आशा राखेका छन् । उनी भन्छन्, ‘मलाई बाचेर सञ्चारकर्म गर्न अझै अवसर दिनुस् ।’

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : २५ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक