देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा « Khabarhub

देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको चुनौती सामना गर्न पार्टीलाई एकतावद्ध बनाउर अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

उनले अहिले देशभित्र निकै चुनौती देखिएको भन्दै यसलाई सामना गर्न पार्टीका सबैजना एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

यसअघि जस्तै अहिलेको चुनौती समाधान गर्न कांग्रेस सफल हुने विश्वास उनले जनाए ।

सभापति देउवाले देशमा खेलकुदप्रति युवाहरूको आकर्षण रहेको भन्दै यस क्षेत्रको विकासमा सबै गम्भीर भएर लाग्नुपर्ने पनि उल्लेख गरे।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदमा जस्तै नेपाली राजनीतिमा अनुशासन कायम गर्नुपर्ने बताए ।

उनले गालीको राजनीतिका कारण दलहरूबीच तिक्तता खडा भएको बताउँदै नेपालको राजनीति गम्भीर घुम्तीमा पुगेको उल्लेख गरे ।

उनले राजनीतिलाई सही ट्रयाकमा ल्याउने काम कांग्रेसकै भएकाले निराशालाई आशामा बदल्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ०२ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि