सशक्त प्रतिपक्षको भूमिका निर्वाह गराैँ, तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर « Khabarhub

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गराैँ, तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको औँल्याएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत् रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘आज विश्व प्रेस स्वतन्त्रता दिवस पनि  हो। स्वतन्त्र प्रेसका प्रति सरकार अनुदार भएर अगाडी बढेको छ। लोकतान्त्रिक पद्धतिमाथि चौतर्फी प्रहार भइरहेको छ। जनताका जनजीवनका सवालमा सरकार बेखवर छ। यतिबेला कांग्रेसले अरूको वैशाखी बन्नु हुँदैन। हामीलाई वैशाखी बनाएर आफ्नो दुनो सोझ्याउन माहिर पश्चगामीहरूलाई अब कांग्रेसले ठिक साइजमा ल्याउने बेला भइसकेको छ। हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरौँ र २०८४ मा एकल बहुमत ल्याउन सक्ने पार्टी तयार पारौँ,’ उनले भने।

अहिले जताततै समस्या नै समस्या र निराशा नै निराशा रहेकाले त्यो चिर्नका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महरको भनाइ छ। ‘जताततै आगलागी भएको छ। काठमाडौं विश्वकै एक नम्बर प्रदूषित सहर बनेको छ। जनतालाई श्वास फेर्न नै उकुसमुकुस भइरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ। सडकको अवस्था दयनीय छ। स्वास्थ्य र शिक्षा तहसनहस अवस्थामा छ। यसलाई सही बाटोमा ल्याउन कांग्रेसले सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ,’ महरले भने।

गठबन्धन र सत्ता केन्द्रित राजनीतिका कारण जनतामा चरम निराशा छाएको कुरालाई कांग्रेसले नजरअन्दाज गर्न नहुने उनको ठहर छ। यसले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र धुमिल पानीमा माछा मार्न खोज्नेहरू सक्रिय हुनेतर्फ महरले चिन्ता व्यक्त गरेका छन्।

‘त्यसैले अब जनताको चाहनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ। त्यसका लागि १० औं वर्ष प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेस तयार हुनुपर्छ। यो साढे तीन वर्षको अवधिमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै पार्टीका बाँकी रहेका कामलाई पनि फत्ते गर्नुपर्छ। त्यसपछि मात्र कांग्रेसप्रति जनताको पुरानो विश्वास फर्किने छ र बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैन,’ महरले भने।

यस्तै महरले खेलकुद क्षेत्र कुनै पनि राजनीतिक दलको प्राथमिकतामा नरहेकाले कांग्रेसले प्राथमिकतामा राख्नु पर्ने बताए। विश्व मानचित्रमा देशको पहिचान बढाउन खेलाडीहरूको ठूलो भूमिका रहेकाले उनीहरूलाई प्रेरित गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने महरको भनाइ छ। सरकारमा रहँदा होस् वा प्रतिपक्षमा हुँदा कांग्रेस सधैँ खेलाडीका पक्षमा जिम्मेवार हुनुपर्ने महरले बताएका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : २१ बजे

स्वतन्त्र सांसद महावीर पनि विज्ञान प्रविधिमन्त्री बन्दै, सुधनसँगै शपथ

काठमाडौं– गृहमन्त्रीमा पुनः सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन

विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन

काठमाडौं– सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको

ट्राफिक प्रहरीद्वारा एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला

काठमाडौं– ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना

एनबीए फाइनलमा ट्रम्पविरुद्ध दर्शकको चर्को हुटिङ र नाराबाजी 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीए फाइनलको खेल हेर्न पुगेका

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव