पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन « Khabarhub

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन्  ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सरोकारवाला निकायसंग छलफल भइसकेको भन्दै पर्याप्त सुधार गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए

उनले संसदको बजेट अधिवेशनको सुरुमै नीति तथा कार्यक्रम पेश गर्ने तयारी भएको जानकारी दिँदै त्यसमा पर्याप्त छलफल गरेर बजेटलाई अन्तिम रूप दिने धारणा राखे ।

अर्थमन्त्री पुनले बजेटको सिलिङमा थप गर्नुपर्ने दबाब विभिन्न मन्त्रालयबाट आएको भन्दै यसका कारण स्रोत व्यवस्थापनमा समस्या हुन सक्ने बताए ।

अर्थले तोक्ने सिलिङका आधारमा सांसदहरूको माग पनि पुरा गर्ने प्रयास गरिने उनले बताए । त्यस्तै मन्त्री पुनले गत वर्षको आधारमा अहिले आर्थिक अवस्था राम्रो हुँदै गएकाले यस आर्थिक वर्षमा चार प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हुने मन्त्रालयको अनुमान रहेको जानकारी दिए ।

उनले आइटी क्षेत्रलाई प्रवर्द्धन , कृषि तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : २८ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका