पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन « Khabarhub

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन्  ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सरोकारवाला निकायसंग छलफल भइसकेको भन्दै पर्याप्त सुधार गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए

उनले संसदको बजेट अधिवेशनको सुरुमै नीति तथा कार्यक्रम पेश गर्ने तयारी भएको जानकारी दिँदै त्यसमा पर्याप्त छलफल गरेर बजेटलाई अन्तिम रूप दिने धारणा राखे ।

अर्थमन्त्री पुनले बजेटको सिलिङमा थप गर्नुपर्ने दबाब विभिन्न मन्त्रालयबाट आएको भन्दै यसका कारण स्रोत व्यवस्थापनमा समस्या हुन सक्ने बताए ।

अर्थले तोक्ने सिलिङका आधारमा सांसदहरूको माग पनि पुरा गर्ने प्रयास गरिने उनले बताए । त्यस्तै मन्त्री पुनले गत वर्षको आधारमा अहिले आर्थिक अवस्था राम्रो हुँदै गएकाले यस आर्थिक वर्षमा चार प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हुने मन्त्रालयको अनुमान रहेको जानकारी दिए ।

उनले आइटी क्षेत्रलाई प्रवर्द्धन , कृषि तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : २८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको