अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा « Khabarhub

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको जानकारी दिएकी छन् ।

‘अर्थमन्त्रालयको प्रस्तावमा सय रुपैयाँ दरको नोटको अग्रभागमा नेपालको चुच्चे नक्सा राखिने निर्णय भएको छ’, शर्माले भनिन्, ‘अब उक्त सय रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गरिने छ।’

लामो समयदेखि भारतले आफ्नो नियन्त्रणमा राखेको दार्चुलास्थित नेपाली भूगोल लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर हाल चुच्चे नक्सा प्रचलनमा ल्याइएको छ।

२०७७ जेठ ३१ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपालको नयाँ चुच्चे नक्सलाई अनुमोदन गरेको थियो । भारतको विरोधका वाबजुद त्यसपछि नेपालले उक्त नक्सा प्रचलनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : १७ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल