एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली « Khabarhub

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रूपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रूपमा स्थापित गराउन आवश्यक छ भने।

उनले भने ‘मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्‍याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ ।’ यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरेका छन् । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका हुन् ।

अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गरेका थिए । सो अवसरमा उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे । ‘तत्कालीन शासकले सीमा रक्षा, स्वाधीनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहेका छौ,’ उनले भने । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गरे ।

याे पनि …

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ११ बजे

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव

भक्तपुरको फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति

भक्तपुर – भक्तपुरको एक फर्निचर आगलागी हुँदा रु ३५ लाख

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था