नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए « Khabarhub

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यत्तिकै नभनिएको बताएका छन् ।

एमाले नवलपरासीको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन २०८४ महान् उद्देश्य राखेर घोषणा गरिएको बताए ।

‘हाम्रो देशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने छ, स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नुपर्ने छ, हाम्रो भूमिको रक्षा गर्नुपर्ने छ’, उनले भनेका छन् ।

शुक्रबार नै आफूले सुस्ता पनि घुमेको ओलीले बताए । आफूले २०२५ सालदेखि सुस्ता नेपाली भूमि हो भनेर भारतीयलाई त्यहाँबाट छाडेर जान दबाब दिएको स्मरण गराए ।

त्यतिखेर मिचिएको सुस्ताको पक्षमा देशका लागि कुरा उठाउँदा आफूहरूविरुद्ध मुद्दासमेत चलाइएको स्मरण उनले गरेका छन् ।

एमाले सधैँ राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्ता रक्षाको पक्षमा लड्ने पार्टी भएको उनले बताए । ‘देशको सिमानालाई लिएर आवाज उठाउने जिम्मा हाम्रो काँधमा परेको जस्तो छ’, उनले भने ।

लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा समेटिएको बताउँदै उनले त्यो भूमि हाम्रो हो,फिर्ता पाउनु पर्छ, कब्जा गरिएको भूमि भारतले छाड्नु पर्छ भन्ने जिम्मा पनि एमालेकै काँधमा आएको बताए ।

‘अरू कसैले आवाज उठाउँदैनन्, सत्तामा जान पाइँदैन कि भनेर, बस्न पाइँदैन कि भन्ने डर छ’, उनले थपे ।

जनता र देशका निम्ति काम नगर्ने हो भने राजनीति के का लागि गर्ने ? भन्दै उनले प्रश्न गरे । आफूले ५६ वर्षदेखि सुस्ता लगायतको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने आवाज लगातार उठाइरहेको ओलीले बताए ।

पार्टीले लिएको गन्तव्यमा कसरी पुग्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न ओलीले नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले पार्टीले लिएका सही नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर मात्र सही गन्तव्यमा पुगिने बताएका छन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : ४० बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका