भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ « Khabarhub

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

चौधरी ग्रुपले भन्यो : औद्योगिक वातावरणमा नराम्रो असर गर्छ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका एउटा समूहले आक्रमण गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेको समयमा बा ४ ख १०८५ नम्बरको बसमा आएको एक समूहले सीजी फुड्स पार्कमा कार्यरत कर्मचारीलाई हातपात गरेको प्रवक्ता मधुसूदन पौड्यालले बताए ।

उक्त समूहले सीजी फुड्स पार्कको कार्यालय तोडफोड गरेको छ । उनीहरूले केही कर्मचारीलाई हातपात पनि गरेको पौड्यालले बताए ।

फुड्स पार्कमा प्रवेश गर्नेबित्तिकै सरकारविरुद्ध नाराबाजी गरेका उनीहरूले चौधरी ग्रुपका व्यवस्थापकलाई पनि अभद्र व्यवहार गरेको उक्त कम्पनीले जनाएको छ ।

‘त्यहाँ कार्यरत महिला कर्मचारीलाईसमेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत उनीहरू प्रतिकारमा उत्रिए। जसकारण आक्रमणकारीहरू पछि हटे,’ पौडेलले भनेका छन्, ‘घटनापछि आएको प्रहरीले आक्रमणमा संलग्नहरूलाई पक्राउ गरेको जानकारी आएको छ।’

घटनाबारे चौधरी ग्रुपले निन्दा गरेको छ । पौड्यालले विज्ञप्ति निकालेर दिनदहाडै भएको आक्रमणपछि कानुनी कारबाहीका लागि सरकारसँग आग्रह गरेका छन् ।

उक्त घटनापछि प्रहरीले आक्रमण संलग्न भनिएका १७ जना महिला र ५ जना पुरुषसहित २२ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। जसमा बसका चालक र सहचालक पनि छन् ।

पक्राउ परेका सबैजनालाई ललितपुर प्रहरी परिसरमा राखिएको एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ५३ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको