‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ « Khabarhub

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन शुक्रबार दर्शकबाट राम्रो साथ पाएको छ । विशेषगरी पूर्वी नेपालका हलहरूमा दर्शकको उपस्थितिको बाक्लो पाइएको छ ।

प्रिमियरका लागि बिहीबार विराटनगरको पुगेको निर्माण टिम उतै छ । यही मौकामा उनीहरूले विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिएका छन् ।

धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक सुब्बा पुग्दा दर्शक भरिभराउ थिए । दर्शकहरूले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

काठमाडौंसहित देशैभर पहिलो दिन दर्शकको साथ अपेक्षितरुपमा पाइएको निर्माण पक्षले बताएको छ । भोलि (शनिबार) झापाका हलहरूसँग दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिएर निर्माण टोली काठमाडौं फर्कने योजनामा छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका मुख्य भूमिकामा छन् । निर्देशक  सुब्बाकै लेखन रहेको यस फिल्मको निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ४८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ