फ्लप भएपछि शो बन्द गर्दै कपिल ? « Khabarhub

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट विश्राम लिने भएका छन् ।

टेलिभिजनमा शो चलाउँदै आएका कपिलले ओटीटी प्लेटफर्म ‘नेटफिक्स’मा चलाएको शो फ्लप भएपछि विश्राम लिनुपर्ने अवस्था आएको हो ।

उनको चाहानाअनुसार शो बन्द गरिएको हो वा निर्माताहरूको दबाबले यसबारे भने कुनै तथ्य खुलेको छैन ।

अहिलेसम्म यस शोको पाँच भाग मात्रै सार्वजनिक भएका छन् । बाँकी आठ भाग छायांकन भइसकेको र सार्वजनिक गर्न तयारी अवस्थामा रहेका छन् ।

गत मे १ मा शोको अन्तिम भाग छायांकन गरिएको हो । शोको जज अर्चना पुरन सिंहले इन्टाग्राममार्फत् यसबारेमा दर्शकलाई जानकारी गराएकी हुन् ।

शोका कलाकार किकु सादरले भारतीय मिडिया हिन्दूस्थान टाइमस्सँगको कुराकानीमा दोस्रो सिजनका लागि टिमले केही समय विश्राम लिन लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘दोस्रो सिजन छिट्टै आउँछ । पहिलो सिजन पूरा गरेर हामीले विश्राम लिन लागेका हौं ।’

किकुले छिट्टै फर्कने आश्वास दिए पनि यस शोका नियमित दर्शकहरु सन्तुष्ट छैनन् । सो सार्वजनिक भएको एक महिनामै विश्रामको खबर उनीहरुको अपेक्षाभन्दा बाहिरको कुरा हो ।

६ वर्षको दुस्मनीपछि सुनील ग्रोवर र कपिललाई एक साथ हेर्न पाउँदा दर्शकहरूले उत्साहित थिए । तर टेलिभिजनमा हेरिरहेको स्तरको ‘कन्टेन्ट’ दिन नसकेको भन्दै उनीहरू सुरुवातै निराश बनेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ७ : ०९ बजे

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर