आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च « Khabarhub

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि जिल्लाको अधिकांश भूभागमा वायु प्रदूषण भएको छ ।

मध्याह्नतिर वातावरण प्रदुषण भएपछि एक गाउँबाट अर्को गाउँसमेत नदेखिएको जयपृथ्वी नगरपालिका–४ का सत्यराज जोशीले बताए ।

उनले भने, “मध्याह्नको बेला यस्तो अँध्यारो त कहिल्यै देखिएको थिएन । यो पटकको प्रदूषणले भने बझाङको अवस्था निकै कष्टकर भएकोे छ ।”

डिभिजन वन कार्यालय बझाङका अनुसार जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेकाले समुदायमा जनचेतना फैलाउँदा पनि स्थानीयले अटेर गरेका छन् । कार्यालयका सूचना अधिकारी कपिल रावलले आगो लगाउने मान्छेलाई कारबाहीका लागि सूचना नै जारी गरेको बताए ।

“डिभिजन वन कार्यालयले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियानअन्तर्गत माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, डेमो गराउनेलगायतका कार्य गर्दा पनि अटेर गरेपछि आगो लगाउनेलाई कारबाही गर्नका लागि सूचना निकालेका छौँ ।” गोप्य सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिने उनले बताए।

सूचना अधिकारी रावलले स्थानीयले घाँस पलाउने, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने गरेको बताइ । कतिपय ठाउँमा वन्यजन्तुको सिकारका लागिसमेत जानाजान आगो लगाउने गरेको उनले बताए । रावलका अनुसार आगलागी भएको ठाउँमा नियन्त्रणका लागि जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेना खिटएका छन् ।

हिन्दुकुश हिमालयका मानिसको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार बझाङमा वित्थडचिर, दुर्गाथली, थलारा, मष्टा गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा आगलागी भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : १६ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद