विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम « Khabarhub

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम दिन सुरु गरिएको छ।

आमकास नेपाल मोरङको आयोजना तथा सुन्दरहरैचा नगरपालिका–१२ को सहयोगमा ९ जना महिलाहरुलाई नौमती बाजा बजाउन १५ दिनको तालिम दिन सुरु गरिएको हो ।

नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला आमकास नेपाल मोरङ र सुन्दरहरैचा नगरपालिका–१२ को सहयोगमा नौमती बाजाको संरक्षण र प्रवद्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको आमकास नेपाल मोरङकी अध्यक्ष उमदेबि सेढाईले बताइन् ।

तालिमको उद्घाटन गर्दै वडा–१२ का वडाअध्यक्ष तथा सुन्दरहरैचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले विदेशबाट फर्किएका महिलाहरुलाई पनि आत्मनिर्भर बनाउन र आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेको महसुस गरी मौलिक बाजाको प्रशिक्षणमार्फत सांस्कृतिक जगेर्ना गर्न नगरपालिकाले तालिमको आयोजना गरेको बताए।

कला संस्कृतिको जगेर्नामा सबै जाति र समुदाय लिङ्गको दायित्व बराबरी हुनेभएकाले समेत महिलालक्षित तालिमको आयोजना गरिएको वडा सदश्य निलम थापाले बताइन् । महिला दिदीबहिनीहरुले पनि पन्चे बाजा बजाउन रहर गरेको र सिकिसकेपछि यही बाजा बजाएर भएपनि घर खर्च चलाउने मनसाय ब्यक्त गरेकाले पनि तालिम सुरु गरिएको बताइन् ।

तालिमपछि एक सेट नौमती बाजा समेत प्रदान गरिने र उनीहरुलाई बिबाह तथा अन्य कार्यक्रमा सहभागी गरिने बताइएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : ३९ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक