विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम | Khabarhub Khabarhub

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम दिन सुरु गरिएको छ।

आमकास नेपाल मोरङको आयोजना तथा सुन्दरहरैचा नगरपालिका–१२ को सहयोगमा ९ जना महिलाहरुलाई नौमती बाजा बजाउन १५ दिनको तालिम दिन सुरु गरिएको हो ।

नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला आमकास नेपाल मोरङ र सुन्दरहरैचा नगरपालिका–१२ को सहयोगमा नौमती बाजाको संरक्षण र प्रवद्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको आमकास नेपाल मोरङकी अध्यक्ष उमदेबि सेढाईले बताइन् ।

तालिमको उद्घाटन गर्दै वडा–१२ का वडाअध्यक्ष तथा सुन्दरहरैचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले विदेशबाट फर्किएका महिलाहरुलाई पनि आत्मनिर्भर बनाउन र आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेको महसुस गरी मौलिक बाजाको प्रशिक्षणमार्फत सांस्कृतिक जगेर्ना गर्न नगरपालिकाले तालिमको आयोजना गरेको बताए।

कला संस्कृतिको जगेर्नामा सबै जाति र समुदाय लिङ्गको दायित्व बराबरी हुनेभएकाले समेत महिलालक्षित तालिमको आयोजना गरिएको वडा सदश्य निलम थापाले बताइन् । महिला दिदीबहिनीहरुले पनि पन्चे बाजा बजाउन रहर गरेको र सिकिसकेपछि यही बाजा बजाएर भएपनि घर खर्च चलाउने मनसाय ब्यक्त गरेकाले पनि तालिम सुरु गरिएको बताइन् ।

तालिमपछि एक सेट नौमती बाजा समेत प्रदान गरिने र उनीहरुलाई बिबाह तथा अन्य कार्यक्रमा सहभागी गरिने बताइएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : ३९ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध