मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा « Khabarhub

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले पुनस्र्थास्थापना गर्न बाँकी मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताएकी छन् ।

शुक्रबार कैलालीको लम्कीमा मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारले केही समयअघि मुक्त कमैया, कम्लहरी, हलियोको व्यवस्थापनका लागि कार्यविधि पारित गरिसकेको भन्दै त्यसको कार्यान्वयनका लागि आफूले पहल गर्ने बताइन् ।

“मुक्त कमैयाका महिला र बालवालिकाको अवस्था मैले नजिकबाट देखेकी छु, उहाँहरूका समस्या बुझेकी छु । त्यसैले ति समस्या समाधानका लागि लागि म पहल गर्नेछु”, उनले भनिन् ।

संविधानसभा सदस्य सुक्दैया चौधरीले कमैयाहरुको व्यवस्थापनमा ध्यान दिन सुदूरपश्चिम प्रदेश सरकारले मुक्त कमैया, कम्लरी र हलियाको व्यवस्थापनका लागि कार्यविधि ल्याएकामा धन्यवाद दिँदै अन्य प्रदेशले पनि यससम्बन्धी कार्यविधि ल्याउन ध्यानाकर्षण गराइन् ।

मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले अधिकांश मुक्त कमैयाको नाममा जग्गा नापी भएको तर मालपोतमा लालपुर्जाको अभिलेख नभएको, छुट कमैयाको तथ्याङ्क संकलनको काम अगाडि नबढेका भन्दै सोसम्बन्धी आवश्यक कार्यका लागि आग्रह गरे ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ९ : २५ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा