मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा « Khabarhub

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले पुनस्र्थास्थापना गर्न बाँकी मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताएकी छन् ।

शुक्रबार कैलालीको लम्कीमा मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारले केही समयअघि मुक्त कमैया, कम्लहरी, हलियोको व्यवस्थापनका लागि कार्यविधि पारित गरिसकेको भन्दै त्यसको कार्यान्वयनका लागि आफूले पहल गर्ने बताइन् ।

“मुक्त कमैयाका महिला र बालवालिकाको अवस्था मैले नजिकबाट देखेकी छु, उहाँहरूका समस्या बुझेकी छु । त्यसैले ति समस्या समाधानका लागि लागि म पहल गर्नेछु”, उनले भनिन् ।

संविधानसभा सदस्य सुक्दैया चौधरीले कमैयाहरुको व्यवस्थापनमा ध्यान दिन सुदूरपश्चिम प्रदेश सरकारले मुक्त कमैया, कम्लरी र हलियाको व्यवस्थापनका लागि कार्यविधि ल्याएकामा धन्यवाद दिँदै अन्य प्रदेशले पनि यससम्बन्धी कार्यविधि ल्याउन ध्यानाकर्षण गराइन् ।

मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले अधिकांश मुक्त कमैयाको नाममा जग्गा नापी भएको तर मालपोतमा लालपुर्जाको अभिलेख नभएको, छुट कमैयाको तथ्याङ्क संकलनको काम अगाडि नबढेका भन्दै सोसम्बन्धी आवश्यक कार्यका लागि आग्रह गरे ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ९ : २५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने