फ्रान्समा आप्रवासी चढेको ढुङ्गा पल्टियो, १२ जनाको मृत्यु

By खबरहब

September 03, 2024

एजेन्सी– फ्रान्समा आप्रवासीले भरिएको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । कयौं मानिसहरू घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ ।

पोतेल नजिक रहेको समुद्रमा सो डुङ्गा पल्टिएको हो । फ्रान्सेली कोस्टगार्डले ५३ जनालाई सुरक्षित उद्धार गरिएको जानकारी दिएको छ । कोस्टगार्डले मृतक र घाइतेहरूको सङ्ख्या बढ्न सक्ने पनि जनाएको छ ।

उद्धार गरिएकामध्ये कयौं मानिसहरूलाई तत्काल उपचार आवश्यक रहेको बताइएको छ । समुद्रमा हराइरहेका मानिसहरूको खोजीकार्य जारी छ ।

उत्तरी फ्रान्सबाट आप्रवासीहरू बेलायततर्फ अवैध ढङ्गले प्रवेश गर्न खोजिरहेका हुन्छन्‌ । यो वर्षमात्रै फ्रान्सको समुद्र पार गरेर २० हजार आप्रवासीहरू बेलायत प्रवेश गरिसकेका छन्‌ ।