युक्रेनमा रूसले हानेको ब्यालेस्टिक मिसाइलबाट हालसम्म ४९ जनाको मृत्यु, २१९ घाइते « Khabarhub

युक्रेनमा रूसले हानेको ब्यालेस्टिक मिसाइलबाट हालसम्म ४९ जनाको मृत्यु, २१९ घाइते


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनमा भएको रूसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् ।

युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रूसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताए ।

अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताए । पोल्टावा किएभबाट करिब ३५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रूसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

९०० दिनभन्दा पनि धेरैअघि सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि यो आक्रमण रूसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको देखिन्छ ।

‘पोल्टावा सैन्य सञ्चार संस्थानको भवनहरूमध्ये एक आंशिक रूपमा नष्ट भएको थियो, मानिसहरूले आफैँलाई भग्नावशेषमुनि पाएका थिए, धेरै मानिसलाई बचाइएको छ’, जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा भनेका छन्‌, ‘उद्धार कार्यमा सबै आवश्यक सेवाहरू समावेश छन् ।’

धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।

उद्धार टोली र चिकित्सकहरूले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ । तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो ।

पोल्टावाका गभर्नर फिलिप प्रोनिनले बुधबारदेखि तीन दिने शोकको घोषणा गरेका छन्‌ । ‘पोल्टावा क्षेत्र र सम्पूर्ण युक्रेनका लािग ठूलो त्रासदी”, उनले आफ्नो टेलिग्राम पेजमा लेखेका छन्‌, ‘दुश्मनलाई निश्चित रूपमा मानवताविरुद्धको सबै अपराधको जवाफ दिनुपर्छ ।’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाको भ्रमण गरेकै दिन उक्त आक्रमण भएको हो । कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय वारेन्टमा पुटिनलाई पक्राउ गर्ने मागलाई मङ्गोलियाले ध्यान दिने कुनै सङ्केत थिएन ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पश्चिमी साझेदारहरूसँग सैन्य सहायताको तत्काल डेलिभरी सुनिश्चित गर्नका लागि आफ्नो अपिललाई दोहोर्‍याए ।

यसअघि उनले अमेरिका र युरोपेली मुलुकहरूसँग सहयोगको आफ्नो वाचाहरू पूरा गर्न ढिलो भएको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : १९ बजे

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन