आज २०८१ साल जेठ २१ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ २१ गते सोमबारको राशिफल


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २१ गते सोमबार तदनुसार सन् २०२४ जुन ३ तारिख। जेठ कृष्ण पक्षको एकादशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय रमाइलो छ। मनमा उत्साह बढ्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। साथीले सहयोग गर्नेछन्। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। बढी तर्क गर्नु भन्दा चुपचाप आफ्नो काम गर्नु राम्रो हुनेछ। परिवारमा विवाद गर्नु भन्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ।

मिथुन : खर्च बढ्ने देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। पैतृक सम्पत्ति र विद्याको क्षेत्रमा उत्साह थपिने छ। समाजसेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : हल्ला गर्नु भन्दा गोप्य ढंगले काम गर्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ। सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा हुनेछ। व्यापारमा फाइदा होला।

कन्या : बौद्धिक व्यक्तिसँगको भेट फलदायी हुनेछ। राजनीतिक क्षेत्रमा धोका हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुनसक्छ। परिवारको भने साथ मिल्नेछ।

वृश्चिक : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। आफ्नै मित्रले असहयोग गर्ने देखिन्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : दिन राम्रो छ। श्रम लगानीका क्षेत्रबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। खर्च बढ्ने जोखिम रहेको छ। लगानीको क्षेत्रमा आफू अगाडि बढ्नु भन्दा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारमा भने समस्या हुनसक्छ।

कुम्भ : भएको धनको संरक्षण गर्नुपर्ने दिन छ। लगानी फस्ने भएकाले सचेत हुनुपर्छ। परिवारमा शंका र उपशंका बढ्ने देखिन्छ। अप्ठेरो समयमा साथीको सहयोग मिल्नेछ।

मीन : धन र मान जोगाउनु राम्रो हुनेछ। असहयोग र अशान्तिले मन दुःखी हुनसक्छ। दान गरेमा फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ५ : ०४ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित