राजस्वका लक्ष्य प्राप्त गर्न थप स्रोतको खोजी आवश्यक : धनराज गुरुङ | Khabarhub Khabarhub

राजस्वका लक्ष्य प्राप्त गर्न थप स्रोतको खोजी आवश्यक : धनराज गुरुङ


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व संकलन हुनेमा आशंका व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे। 

सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे । 

‘औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने रु दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप रु दुई खर्ब राजस्व संकलन गर्न सकिन्छ । त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्फ पनि सोच्न जरूरी छ’, गुरुङले भने। उनले देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने संकल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ । 

हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए।

सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे । 

‘घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ । यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्यांकन गर्नुपर्छ’, उनको भनाइ थियो । 

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १ : ३८ बजे

च्याम्पियन्स लिग : फियुनार्डसँग एसी मिलान पराजित

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको लागि भएको पहिलो

‘नगर गान’ तयार गर्दै बर्दघाट नगरपालिका

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै ‘नगर गान’ बनाउने

रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित

खोटाङ– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी

एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो

काठमाडौं – एभर्टन र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेल २-२

खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण

ललितपुर– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले