चित्रबहादुर भन्छन् : बजेटबारेको छलफल उत्साहजनक छैन, निद्रा मात्रै लाग्छ « Khabarhub

चित्रबहादुर भन्छन् : बजेटबारेको छलफल उत्साहजनक छैन, निद्रा मात्रै लाग्छ


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद्‍मा भइरहेको बजेटबारेको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा केसीले संसदमा जति बहस र छलफल गरे पनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले यसको औचित्य नदेखेको बताए ।

बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको उनले बताए ।

केसीले नेपालको संविधानमा व्यवस्था गरेबमोजिम समाजवादउन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको धारणा राखे ।

सरकारको नीति तथा कार्यक्रमभन्दा फरक रुपमा बजेट आएको उनको भनाइ छ । केसीले बजेटले दलाल पुँजीको आगमन वृद्धिका लागि विभिन्न बाटो खुलेको तर्क गरे ।

 

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  २ : ३९ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक