सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू) | Khabarhub Khabarhub

सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)



काठमाडौं- नेकपा एमालेको राजनीतिमा फर्किने चर्चाबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्दै गएको छ ।

दुई कार्यकालको राष्ट्रपतिबाट बिदा भएको एक वर्षसम्म मौन रहेकी भण्डारीले पछिल्लो समय राजनीतिक तथा अन्य कार्यक्रममा उपस्थिति बढाउँदै लगेकी छन् ।

पछिल्लो पटक यही जेठ १६ गते भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइन् ।

देशभरका एमालेनिकट महिला उतारेर प्रज्ञा भवनमा बृहत् कार्यक्रम गरिँदा भण्डारीलाई प्रमुख अतिथिका रुपमा स्वागत गरिएको थियो ।

सक्रिय राजनीतिमा फर्किने योजनासहित एमालेका नेताहरूसँग बाक्लो छलफलमा जुटेकी उनी सोमबार पनि अर्को कार्यक्रममा देखिइन् ।

पर्यटन बोर्डको हलमा भएको कार्यक्रमको सन्दर्भ थियो, ‘कवि शिवकुमार पराजुलीको काव्यकृति कविता कोकिल लोकापर्ण समारोह ।’

नेपाल वाङ्मय फाउन्डेसन र भोजपुर नगरपालिका सेवा समाजको संयुक्त आयोजनामा भएको उक्त किताब विमोचन समारोहका सहभागी अधिकांश एमालेनिकटहरू थिए ।

पुर्ख्यौली घर भोजपुर भएका साहित्यकारदेखि राजनीतिज्ञसमेत उपस्थित कार्यक्रममा भण्डारीलाई विशेष स्वागत गरियो ।

उनी उक्त कार्यक्रममा आउने भएपछि एमालेका स्थायी कमिटी सदस्य शेरधन राई, नेताहरू हेमराज राई, कृपाशुर शेर्पा पनि पुगेका थिए ।

उक्त कार्यक्रममा साहित्यकार एवम् पूर्वमन्त्री शंकर कोइराला, अर्का पूर्वमन्त्री उमेश श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वमन्त्री टंक ढकाल, पूर्वमन्त्री सुदन किराती, राष्ट्रिय सभाकी सदस्य जयन्ती राई पनि सहभागी भए ।

  

 

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ०७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले