रेडियो जनताको स्टेसन म्यानेजरमा खड्का नियुक्त « Khabarhub

रेडियो जनताको स्टेसन म्यानेजरमा खड्का नियुक्त


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेडियो जनताको स्टेसन म्यानेजरमा सागर खड्का नियुक्त भएका छन् । ओखलढुङगाको लिखु गाउँपालिका-९ पोकलीका खड्का जेठ १ गतेबाट उक्त पदमा नियुक्त भएका हुन् ।

जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा.विजय कुमार पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश आचार्यले एक कार्यक्रमका बिच उनलाई स्टेसन म्यानेजरको पदमा नियुक्त गरेका हुन्  ।

खड्का ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन् । रेडियोकर्मीकै रूपमा पत्रकारिता क्षेत्रमा उदाएका खड्का पछिल्लो समय रेडियो कान्तिपुरमा समेत कार्यरत थिए ।

प्रमुख कार्यकारी अधिकृत आचार्यले नवनियुक्त म्यानेजर खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई अझै अगाडि बढाउन खड्काले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस्तै, अध्यक्ष पौडेलले बदलिँदो संञ्चार जगतमा रेडियोलाई थप सशक्त बनाउन सिंगो समूह लागिपर्ने बताए  ।

नवनियुक्त म्यानेजर खड्काले आफूलाई स्टेसन म्यानेजरको जिम्मेवारी दिएमा सञ्चालक समितिप्रति आभार व्यक्त गरे।

उनले रेडियोको आर्थिक उन्नति र प्रगतिका लागि आफू प्रतिबद्ध भएर लाग्ने र रेडियोलाई आमजनता सामु लोकप्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ४२ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ