तीन नेताको भेटपछि माधवले भने- ‘गठबन्धनमा विश्वास हुनुपर्छ, छलफल सकारात्मक छ’ « Khabarhub

तीन नेताको भेटपछि माधवले भने- ‘गठबन्धनमा विश्वास हुनुपर्छ, छलफल सकारात्मक छ’


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाहिर हल्ला आएजस्तो गठबन्धनमा खटपट नभएको तर नेताहरूमा विश्वासको वातावरण तयार हुन नसकेको बताएका छन् । 

सत्ता सहयात्री दल प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि उनले खबरहबसँग कुरा गर्दै आजको छलफलबाट दलहरूमा विश्वासको वातावरण बनेको बताए । 

उनले कुराकानी सकारात्मक भएको समेत तर्क गरे ।

उनले भने, ‘देश र जनताको चिन्ता सत्ता गठबन्धनलाई छ । केन्द्र गठबन्धन कसरी चलाउने र सकारात्मक भूमिका निर्वाह गर्ने छलफल भएको छ । हाम्रो छलफल सकारात्मक छ ।’ 

पछिल्लो समय माधव नेपाल सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफलमा प्रधानमन्त्रीले नबोलाएका कारण रुष्ट छन् । 

सोमबार सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताले लामो छलफल गरेका हुन् । 

तीन नेताहरूबीच मधेस सरकार बनाउने विषयमा कुरा भएको छ । त्यसै गरी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई केन्द्र सरकारमा समावेश गर्ने विषयमा छलफल भएको बताइएको छ । 

बाहिर गठबन्धन टुट्ने हल्ला चलेको छ नि भन्ने प्रश्नमा नेपालले भने, ‘सङ्क्रमणकालीन अवस्थामा यस्तै हुन्छ । तर केन्द्र गठबन्धन अनुसार नै प्रदेशहरू पनि चल्छन् ।’ 

एमाले र एकीकृत समाजवादीमा समस्या हुँदा गठबन्धनमा केही खटपट आएको नेताहरूको भनाइ छ । तर तत्काल गठबन्धन नटुट्ने सत्ता गठबन्धनका नेताहरूको तर्क छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ५ : ३७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्