तीन नेताको भेटपछि माधवले भने- ‘गठबन्धनमा विश्वास हुनुपर्छ, छलफल सकारात्मक छ’ « Khabarhub

तीन नेताको भेटपछि माधवले भने- ‘गठबन्धनमा विश्वास हुनुपर्छ, छलफल सकारात्मक छ’


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाहिर हल्ला आएजस्तो गठबन्धनमा खटपट नभएको तर नेताहरूमा विश्वासको वातावरण तयार हुन नसकेको बताएका छन् । 

सत्ता सहयात्री दल प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि उनले खबरहबसँग कुरा गर्दै आजको छलफलबाट दलहरूमा विश्वासको वातावरण बनेको बताए । 

उनले कुराकानी सकारात्मक भएको समेत तर्क गरे ।

उनले भने, ‘देश र जनताको चिन्ता सत्ता गठबन्धनलाई छ । केन्द्र गठबन्धन कसरी चलाउने र सकारात्मक भूमिका निर्वाह गर्ने छलफल भएको छ । हाम्रो छलफल सकारात्मक छ ।’ 

पछिल्लो समय माधव नेपाल सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफलमा प्रधानमन्त्रीले नबोलाएका कारण रुष्ट छन् । 

सोमबार सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताले लामो छलफल गरेका हुन् । 

तीन नेताहरूबीच मधेस सरकार बनाउने विषयमा कुरा भएको छ । त्यसै गरी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई केन्द्र सरकारमा समावेश गर्ने विषयमा छलफल भएको बताइएको छ । 

बाहिर गठबन्धन टुट्ने हल्ला चलेको छ नि भन्ने प्रश्नमा नेपालले भने, ‘सङ्क्रमणकालीन अवस्थामा यस्तै हुन्छ । तर केन्द्र गठबन्धन अनुसार नै प्रदेशहरू पनि चल्छन् ।’ 

एमाले र एकीकृत समाजवादीमा समस्या हुँदा गठबन्धनमा केही खटपट आएको नेताहरूको भनाइ छ । तर तत्काल गठबन्धन नटुट्ने सत्ता गठबन्धनका नेताहरूको तर्क छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ५ : ३७ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा