फिल्म ‘गाउँ आएको बाटो’ : प्रिमियरमा सहभागी हुन् नेपाल आइन् संगीतकार हाइडी | Khabarhub Khabarhub

फिल्म ‘गाउँ आएको बाटो’ : प्रिमियरमा सहभागी हुन् नेपाल आइन् संगीतकार हाइडी


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जेठ २५ बाट प्रदर्शनमा आउने ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यस फिल्ममा हङकङकी नागरिक हाइडीले पार्श्व ध्वनिमा काम गरेकी छन् ।

फिल्मको एउटा पार्श्व संगीत पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । सिनेमा गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् ।

यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन् ।काठमाडौं आएपछि उनले आफूले संगीत गरेको नेपाली सिनेमाको प्रतिक्रिया लिन उत्साहित भएको बताइन् ।

उनी भन्छिन्, ‘यो फिल्म धेरै अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा देखायौं । यो सिनेमा जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर सिनेमा हेर्न निकै उत्साहित छु । ध्वनिमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ८ : २३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले