इलाममा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु « Khabarhub

इलाममा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन ।

उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।

मृतकमा एक शिशु र एक महिला रहेका छन् । जिपमा कति जना सवार थिए भन्नेबारे यकीन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १० : २८ बजे

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन

सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ 

रामेछाप– सुनकोशी गाँउपालिका– ३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन

वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब