बागमतीसहित केही प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध | Khabarhub Khabarhub

बागमतीसहित केही प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाले अहिले देशभर साधारणदेखि पूर्णतया बदली रहेको जनाएको छ । बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : २५ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा