युरोकप : क्वार्टरफाइनल समीकरण पूरा « Khabarhub

युरोकप : क्वार्टरफाइनल समीकरण पूरा


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल (अन्तिम ८) समीकरण पूरा भएको छ ।

आज बिहान अन्तिम १६ अन्तर्गत टर्की र अष्ट्रियाबीचको खेल सकिएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको हो ।

प्रतियोगितामा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेरदल्याण्ड्स, टर्की, इङल्याण्ड र स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेका हुन् ।

अन्तिम १६ मा स्पेनले जर्जिया, जर्मनीले डेनमार्क, पोर्चुगलले स्लोभेनिया र फ्रान्सले बेल्जियमलाई हराएको थियो । यस्तै, नेरदल्याण्ड्सले रोमानिया, टर्कीले अष्ट्रिया, इंग्ल्याण्डले स्लोभाकिया तथा स्वीट्जरल्याण्डले इटालीलाई पराजित गरेका थिए ।

अब क्वार्टरफाइनलमा स्पेन र जर्मनी, पोर्चुगल र फ्रान्स, नेदरल्याण्ड्स र टर्की तथा इंग्ल्याण्ड र स्वीट्जरल्याण्डसँग खेल्ने छन् । क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछन् ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : ०५ बजे

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी