बैंकिङ क्षेत्रमा निक्षेप ६३ खर्ब नाघ्यो, ऋण प्रवाह साढे ५१ खर्बमा सीमित | Khabarhub Khabarhub

बैंकिङ क्षेत्रमा निक्षेप ६३ खर्ब नाघ्यो, ऋण प्रवाह साढे ५१ खर्बमा सीमित


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा वृद्धि हुन नसकेको देखिएको छ । पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकदेखि फाइनान्स कम्पनीसम्म ६३ खर्ब बढी निक्षेप पुगेको छ तर, ऋण प्रवाह भने साढे ५१ खर्बमा सीमित रहेको छ ।

नेपाल राष्ट बैंकका अनुसार असार १६ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा ६३ खर्ब ३५ अर्ब निक्षेप पुगेको छ । तर, ती संस्थाहरुबाट सो अवधिसम्म ऋण प्रवाह भने ५१ खर्ब ४९ अर्बमात्रै भएको छ ।

तथ्यांकअनुसार सो अवधिसम्म वाणिज्य बैंकहरुमा ५६ खर्ब १३ अर्ब निक्षेप संकलन भएको छ । त्यस्तै, अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा भने ७ खर्ब २२ अर्ब निक्षे संकलन भएको देखिन्छ ।

असार १५ गतेदेखि १६ गतेसम्म वाणिज्य बैंकहरुमा ८ अर्ब निक्षेप थपिएको थियो भने लगानी ३ अर्बले मात्रै वृद्धि भएको थियो । त्यस्तै सोही एक दिनको अवधिमा अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा १ अर्ब निक्षेप थपिएको तर ऋण प्रवाह भने हुन नसकेको देखिएको छ ।

जसले बैंकिङ क्षेत्रमा निक्षेपको तुलनामा ऋण प्रवाहमा सुधार हुन नसकेको देखाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ । तर, असार १६ गतेसम्मको अवस्थामा लगानीमा सुधार हुन नसक्दा बैंकिङ क्षेत्रले औसत ७९.१८ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् ।

निक्षेपमा वृद्धि हुने र तुलनात्मक रुपमा कर्जाको मागमा कमी आउँदा बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका छन् ।

फागुन महिनामा औसत ८.१५ रहेको वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर असार महिनामा आइपुग्दा ६.९६ मा झरेको छ । त्यस्तै, असार १८ गतेसम्मको अन्तरबैंक ब्याजदरपनि २.९९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ११ : ५५ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने