बैंकिङ क्षेत्रमा निक्षेप ६३ खर्ब नाघ्यो, ऋण प्रवाह साढे ५१ खर्बमा सीमित « Khabarhub

बैंकिङ क्षेत्रमा निक्षेप ६३ खर्ब नाघ्यो, ऋण प्रवाह साढे ५१ खर्बमा सीमित


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा वृद्धि हुन नसकेको देखिएको छ । पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकदेखि फाइनान्स कम्पनीसम्म ६३ खर्ब बढी निक्षेप पुगेको छ तर, ऋण प्रवाह भने साढे ५१ खर्बमा सीमित रहेको छ ।

नेपाल राष्ट बैंकका अनुसार असार १६ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा ६३ खर्ब ३५ अर्ब निक्षेप पुगेको छ । तर, ती संस्थाहरुबाट सो अवधिसम्म ऋण प्रवाह भने ५१ खर्ब ४९ अर्बमात्रै भएको छ ।

तथ्यांकअनुसार सो अवधिसम्म वाणिज्य बैंकहरुमा ५६ खर्ब १३ अर्ब निक्षेप संकलन भएको छ । त्यस्तै, अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा भने ७ खर्ब २२ अर्ब निक्षे संकलन भएको देखिन्छ ।

असार १५ गतेदेखि १६ गतेसम्म वाणिज्य बैंकहरुमा ८ अर्ब निक्षेप थपिएको थियो भने लगानी ३ अर्बले मात्रै वृद्धि भएको थियो । त्यस्तै सोही एक दिनको अवधिमा अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा १ अर्ब निक्षेप थपिएको तर ऋण प्रवाह भने हुन नसकेको देखिएको छ ।

जसले बैंकिङ क्षेत्रमा निक्षेपको तुलनामा ऋण प्रवाहमा सुधार हुन नसकेको देखाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ । तर, असार १६ गतेसम्मको अवस्थामा लगानीमा सुधार हुन नसक्दा बैंकिङ क्षेत्रले औसत ७९.१८ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् ।

निक्षेपमा वृद्धि हुने र तुलनात्मक रुपमा कर्जाको मागमा कमी आउँदा बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका छन् ।

फागुन महिनामा औसत ८.१५ रहेको वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर असार महिनामा आइपुग्दा ६.९६ मा झरेको छ । त्यस्तै, असार १८ गतेसम्मको अन्तरबैंक ब्याजदरपनि २.९९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ११ : ५५ बजे

यातायात व्यवसायी महासंघको केन्द्रीय समिति बैठक बोलाइयो 

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको

मध्यपूर्व संकटको प्रभावबीच सेबुमा आसियान बैठक

एजेन्सी– दक्षिण–पूर्व एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलन फिलिपिन्सको

सुन्धारा जेलबाट भागेका कैदी आठ महिनापछि काभ्रेबाट समातिए

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भद्र

साउदी अरेबियाले एयर स्पेस नदिँदा एक दिनमै तुहियो ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’

वाशिङ्टन- साउदी अरेबियाले एयर स्पेस नदिएपछि स्ट्रेट अफ हर्मुजमा अमेरिकी

ट्रम्प भन्छन् : सहमति हुन लाग्यो, इरानको जवाफ : अतिरञ्जित कुरा फैल्याइयो

वाशिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध रोक्ने तथा